मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु !

 कोरखबर   २७ कार्तिक, २०७७



कातिक २७, ,नेपालगञ्ज ।  बुधबार राति बाँकेमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी कुलदिप चन्दका अनुसार, बिग्रिएर सडकमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ठोक्किँदा ना ५५ प ९७५६ नम्बरको मोटरसाइकलमा रहेका दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । अस्पतालमा ल्याउन नपाउँदै उनीहरुको मृत्यु भयो ।

मृतक दुवै जनाको शवलाई भेरीको पोष्टमार्टम गृहमा राखिएको छ । दुवै जनाको सनाखत भइसकेको छैन । प्रहरीले घरपरिवारका सदस्यसँग सम्पर्क भइसकेको जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post