पूर्व भूमिसुधारमन्त्री भीमप्रसाद गौतमको निधन !

 कोरखबर   २७ कार्तिक, २०७७



कार्तिक २७, तनहुँ । पूर्व भूमिसुधार मन्त्री एवं जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष भीमप्रसाद गौतमको बिहीबार बिहान २स्३० बजे निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका गौतमको बन्दीपुर गाउँपालिका–१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो । उनी ७१ वर्षका थिए ।

केही समयदेखि बिरामी परेका गौतमलाई निमोनिया भएको थियो । चितवनस्थित अस्पतलामा उपचारपछि थामा घर फर्किएका थिए । गौतमको निधनले एक राष्ट्रवादी तथा विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्ररेलले बताए ।

गौतम तत्कालीन माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमि सुधार तथा व्यवस्थापनमन्त्री बनेका थिए । पछि उनी नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा आबद्ध थिए । तत्कालीन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका गौतम भट्टराईको नयाँ शक्ति पार्टीमा आएका थिए । पछिल्लो समय उनले बन्दिपुरमै कृषि फार्म सञ्चालन गर्दै आएका थिए ।

गौतमको देवघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । गौतमका श्रीमती, दुई छोरा र तीन छोरी रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post