चितवनका अस्पतालमा रगतको अभाव !

 कोरखबर   २६ कार्तिक, २०७७



कात्तिक २६,चितवन । चितवनका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ ।

योजनाबद्ध रूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्‍याउन नसकिएको बताए । केन्द्रमा दैनिक १०० युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उनको भनाइ छ ।

कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातीको समय हुनु लगायतका कारणले रगतको अभाव भएको उनले जानकारी दिए ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post