कारागारमा रहेका विप्लव कार्यकर्ता फरार !

 कोरखबर   २६ कार्तिक, २०७७



कात्तिक २६,बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् ।

राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट  फरार रहेको बझाङ कारागार जेलर झलक रोकायाले जानकारी दिए ।

कोरोना पोजेटिभ भएकाले उनलाई कारागारको आइसोलेन कक्षमा राखिएको थियो । सो मौका छोपी धामी फरार भएको उनको भनाइ छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post