स्याङ्जा प्रशासनले तिहारमा देउसी भैलो खेल्न नदिने !

 कोरखबर   २६ कार्तिक, २०७७



२६ कार्तिक, स्याङजा । बढ्दो कोरोना संक्रमणका कारण देखाउँदै स्याङ्जा प्रशासनले यस वर्षको देउसी भैलोलगायतका सामूहिक भेटघाट र शुभकामना आदानप्रदानमा रोक लगाएको छ।

तिहारको समयमा गरिने मनोरञ्जनात्मक कार्यहरु देउसी भैली, नाचगान, पीङ खेलाउनेलगायतका अन्य सामूहिक गतिविधि संचालन नगर्न प्रशासनको अनुरोध हो। चाडपर्व घरपरिवारभित्र मनाउन पनि प्रशासनको सुझाव छ। मठमन्दिर, चर्च, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा गरिने दैनिक पूजाआजा बाहेकका अन्य गतिविधि पनि नगर्न सुझाव दिएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत नवराज बरालतद्धारा हस्ताक्षरित सूचनामा मेला महोत्वस नगर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्ने, सार्वजानिक सवारीको सञ्चालनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, साबुनपानी तथा स्यानिटाइजरले हात धुने बानीको विकास गर्न उल्लेख छ। 

प्रशासनले सार्वजानिक शान्ति शुरक्षामा खलल पुर्‍याउने, जुवातास, पटका पडकाउने, आतिसबाजी र विक्रि वितरण गर्ने कार्य निषेध गरेको छ। उल्लेखित सूचना विपरितको क्रियाकलाप भए गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post