दाङ दुर्घटना : ट्रक र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु !

 कोरखबर   २६ कार्तिक, २०७७



कात्तिक २६, दाङ । दाङमा ट्रक र मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परि राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी  १७ वर्षीय दिनेश घर्तीको ज्यान गएको  इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मंगलबार राति लमही भालुवाङ सडकखण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ मौरीघाट जनकपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ज्यान गुमाएका तीन जनाकै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post