घुस लिने प्रहरी हवल्दारविरुद्ध मुद्दा !

 कोरखबर   २५ कार्तिक, २०७७



कात्तिक २५, काठमाडौं । चार लाख घुस लिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले साहानीविरुद्ध विेशष अदालतमा मुद्दा दायर गरेको हो।

साहानीले एक अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख रुपैयाँ घुस लिएका थिए। घुस लिइसकेको अवस्थामा अख्तियारले सियारी गाउँपालिका–७ बाट पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा साहानीले सेवाग्राहीको जातीय विभेद सम्बन्धी मुद्दामा सहजिकरण गरिदीए बापत घुस लिएको पाइएको थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post