लागुऔषध सहित तीन पक्राउ !

 कोरखबर   २५ कार्तिक, २०७७



कार्तिक २५,काठमान्डौ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर लागुऔषध मुद्दा दर्ता गरिएको छ ।

भरुवा बन्दुकसहित एक पक्राउ

तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post