सचिवालय बैठक बोलाउन ओलीलाई साँझसम्मको अल्टिमेटम !

 कोरखबर   २५ कार्तिक, २०७७



कार्तिक २५, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिने संकेतपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी थालेका छन् । अध्यक्ष दाहालले पार्टीको मुख्यालय धुमबाराहीमाऔपचारिक बैठक राख्ने तयारी गरेका हुन् । 

यता नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् । बहुमत सदस्यले ओलीलाई मंगलबार बेलुकी ४ बजेसम्म बैठक बोलाउन अल्टिमेटम दिएका छन् । सो समय सीमासम्म ओलीले सहमति नदिए अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार आज नै बैठक बस्ने सम्भावना छ ।

यसअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिनका लागि लिखित माग नै गरेका थिए । त्यसपछि ओलीले नेताहरूसँग भेटघाट बाक्लो बनाएर सहमति खोज्ने प्रयास गरेका थिए । प्रचण्डसहित पाँच जना नेताले शनिबार बालुवाटार पुगेर ४८ घण्टाभित्र बैठक बस्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

यसअघि पनि सचिवालयका बहुमत सदस्यहरु धुम्बाराहीमा अनौपचारिक बैठक बसेका थिए। अध्यक्ष दाहालले बोलाएको उक्त अनौपचारिक बैठकमा ओली खेमाका ईश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।

सचिवालयका बहुमत सदस्यले बैठकका लागि सहमति माग गर्दा समेत नदिएपछि अध्यक्ष दाहालले आफ्नो अधिकार प्रयोग गरेर बहुमत सदस्यसहित औपचारिक बैठक राख्न लागेका हुन् । प्रधानमन्त्री ओलीले भने सहमति बिना प्रचण्डले बैठक राखेमा पार्टी फुटको बिन्दु त्यही हुने बताएका छन् ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post