स्रोत नखुलेको १६ लाखसहित एक भारतीय पक्राउ !

 कोरखबर   २५ कार्तिक, २०७७



कार्तिक२५ , वीरगञ्ज – प्रहरीले स्रोत नखुलेको १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माइस्थान चोकबाट १६ लाख नगदसहित भारत रक्सौल पूर्वी चम्पारण १० बस्ने ५० वर्षीय कृष्णकुमार जैन लाई पक्राउ गरेको हो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले माईस्थान चोकमा चेकजाँच गर्ने क्रममा  १६ लाख रुपैयाँ बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मनोजित कुवँरले बताए ।

जैन हुण्डी कारोबारी हुनसक्ने प्रहरीले आशंका गरेको छ । उनीमाथि बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुर आरोपमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post