प्रचण्डलाई भेट्न खुमलटार पुगे शंकर पोखरेल !

 कोरखबर   २५ कार्तिक, २०७७



कार्तिक २५ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार गएका छन् । पोखरेल अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भेटवार्तामा सक्रिय रहँदै आएका छन् ।

मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेका थिए । तर, प्रचण्डले भने सचिवालय बैठक बसेपछि मात्रै समस्या समाधानबारे छलफल हुने बताएका उनीनिकट स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले नेकपाभित्र देखिएको समस्याबारे सचिवालय समितिमै छलफल गर्नुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले भने पहिले दुई अध्यक्षबीच सहमति जुटाएर एजेण्डा तय नगरी बैठक आवश्यक नरहेको धारणा राख्दै आएका छन् ।

प्रचण्ड सहित सचिवालयका पाँच नेताले तत्काल सचिवालय बैठक बोलाउन सहमति दिन भन्दै कात्तिक २२ मा दुई पन्ने लिखित पत्र बुझाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने विधान बमोजिम बैठक बोलाउने सन्देश महासचिव विष्णुप्रसाद पौडेल मार्फत सोमबार प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्रीको सन्देश लिएर महासचिव पौडेल खुमलटार पुगेका थिए ।

प्रचण्डले भने प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत नभए कार्यकारी अध्यक्षको हैसियतले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । प्रचण्डले छुट्टै बैठक बोलाए पार्टी विभाजन गर्ने प्रधानमन्त्रीले चेतावनी दिएका छन् । तर, प्रधानमन्त्री निकटका नेताहरु भने यो अवस्था आउन नदिन सक्रिय बनेका छन् ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post