‘सुसाईड नोट’ लेखेर डाक्टर बेपत्ता....

 कोरखबर   २५ कार्तिक, २०७७



कात्तिक २५,काठमाडौं । भक्तपुरबाट अर्थोडोन्टिस्ट डा. दिगम्बर झा बेपत्ता भएका छन् । डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् ।

बिहान ५ बजेतिर बा.१६च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो थिएन् । घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

फेसबुक पेजमा सुसाईड नोट लेखेको देखेपछि उनका सहकर्मी डाक्टर निरञ्जन चालिसेले प्रहरीलाई खबर गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post