नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा !

 कोरखबर   २५ कार्तिक, २०७७



७ कार्तिक २५,काठमान्डौ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक आज पनि बस्दैछ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच आज दिउँसो ४ बजे फेरि छलफलको समय तय भएको छ । 

ओलीले बैठक नबोलाए कार्यकारी अध्यक्ष दाहालले नै बैठक बोलाउने विषयमा पनि छलफल भएको बताइएको छ । तर यसको नेताहरुले आधिकारिक पुष्टि भने गरेका छैनन् । ओलीले दाहालसँग यसअघि भएको वार्तामा आफ्नो सहमतिबिना बैठक बोलाइए फुटको बिन्द त्यही हुने चेतावनी दिएका छन् भने आफ्नो समूहका नेताहरुको बैठक लगातार राखेका छन् ।

पार्टीभित्रको पेचिलो बन्दै गएको विवादबीच नेकपाका महासचिव विष्णु पौडेललाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सोमबार खुमलटार पठाएका थिए । पाँच सदस्यले पठाएको पत्रमा तोक लगाएर अध्यक्ष ओलीले विधानअनुसार गर्नू भनेका थिए । तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै दाहालले बैठकभन्दा पनि सहमति खोजेको बताएका थिए ।

खुमलटार स्रोतका अनुसार महासचिव पौडेलले शनिबार बहुमत सदस्यले बैठक डाक्न सहमतिको माग गर्दै पठाएको पत्रमा ओलीले लगाएको ‘तोक–आदेश’ बोकेर गएका थिए ।

खुमलटार स्रोतका अनुसार पत्रको माथिपटिट् पहिलो वरीयताको अध्यक्षका हिसाबले ओलीले ‘विधानअनुसार बैठक डाक्ने तयारी गर्नू भन्ने व्यहोराको ‘तोक’ लगाएका रहेछन् । त्यही बोकेर महासचिव पौडेल खुमलटार पुगेका रहेछन् । सचिवालयका बहुमत सदस्यले ओलीले बैठक नबोलाए औपचारिक बैठकको तयारी गरेको एक नेताले बताए । तर फुटको बिन्दु हुने चेतावनी ओलीले दिएकाले अहिले नै त्यो कदम चाल्न पनि दाहाल तयार नभएको स्रोत बताउँछ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post