बारामा आगलागी , ७ घर नष्ट !

 कोरखबर   २५ कार्तिक, २०७७



२५ कात्तिक, वीरगञ्ज । बारामा आगलागीबाट ७ वटा फुसको घर जलेर नष्ट भएका छन् । कलैया उपमानगरपालिका-२४ सखुई बस्ने शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका हुन् ।

आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आगलागीमा परी स्थानीय शोभा लाल चौधरी, टुकल महतोको २/२ लाख, राम अवतार चौधरीको १ लाख, शिशुपाल चौधरी, राम किशोर चौधरी र करी खाँ थारुको ५०/५० हजार तथा राम लाल चौधरीको १ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी चौकी पचरौताले जनाएको छ ।

सामेबार साढे ४ बजेबाट अचानक आगलागी सुरु भएको थियो । आगो लाग्नुको कारण खुलेको छैन । दमकलको मद्दतमा प्रहरी र स्थानीय बासिन्दाले सवा ७ बजे आगो नियन्त्रणमा लिएका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post