कार्तिक २५, काठमाडौं । नेकपा नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले व्यंग्यात्मक स्टाटस पोष्ट गरेका छन् । आज बिहान फेसबुकमा स्टाटस राख्दै बाँस्कोटाले ओलीमाथि कारबाही हुने कुरो पत्यार नलागेको तर, पनि प्रतिक्षा गरिरहेको बताएका हुन् ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गर्दै फेसबुकमा लेखेका छन– ‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार लेखेका छन् , ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’
नेकपाभित्र अध्यक्ष ओली पार्टी निर्णयविपरित एकलौटी ढंगले चलेको आरोप लगाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेता उनीसँग रूष्ट छन् ।