पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन !

 कोरखबर   २५ कार्तिक, २०७७



कात्तिक २५, पोखरा– स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ।

रक्त क्यान्सरको उपचार गराइरहेका उनी ५१ वर्षका थिए। पोखरामा पिसिआर गराएर रिपोर्ट नेगेटिभ आएपछि काठमाडौं लगिएका उनको सोमबार मृत्यु भएको हो।

प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकाले शोक विज्ञप्ति जारी गरी नगरपालिका र नेपालको निजामती क्षेत्रले एक कुशल र उच्च प्रशासनिक क्षमता भएको व्यक्ति गुमाउनु परेको उल्लेख गरेको छ। मेयर सीमाकुमारी क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा म‌ंगलबार एक दिन नगरपालिकामा बिदा दिइएको छ।  

निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले जारी गर्दै मंगलबार नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएका छन्। विद्यालयमा जारी परीक्षा भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ। ढकालको शव पोखरा ल्याएर म‌ंगलबार बिहान पोखराको शान्तिघाटमा दाहसंस्कार गरिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post