विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त !

 कोरखबर   २४ कार्तिक, २०७७



कार्तिक २४, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वरिष्ठताको आधारमा शाक्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको बताए । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको छ ।

शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । “एनईए इन्जिनयिरिङ कम्पनीबाट काज फिर्ता भएपनि शाक्य वरिष्ठ उपकार्यकारी निर्देशक भएकाले वरिष्ठताका आधारमा जिम्मेवारी दिइएको हो,” सचिव घिमिरेले भने । ऊर्जामन्त्री वर्षमान पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिइएको थियो । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहमा लागि बढुवा भए पनि ११औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएकाले शाक्यले नै वरिष्ठ रहेको जनाइएको छ । कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण निमित्तका भरमा चल्दै आएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post