बलात्कार मुद्दामा तपस्वी बम्जनको घरमा म्याद टाँसिदै !

 कोरखबर   २४ कार्तिक, २०७७



कात्तिक २३,काठमाडौं । तपस्वीको भेषमा आफ्ना अनुयायीमाथि बलात्कार गर्ने, हत्या गर्ने, बेपत्ता पार्ने र शारीरिक मानसिक यातना दिने आरोप लागेका रामबहादुर बमजनविरूद्ध जिल्ला अदालत सर्लाहीले वारेण्ट जारी गरेको चार महिना पुग्यो।  

अहिलेसम्म पक्राउ परेर वा आफैं उपस्थित हुन बमजन अदालतमा नआएको जिल्ला अदातल सर्लाहीका श्रेष्तेदार शिवहरि पौडेलले बताए। गएको असारमा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले बमजनविरूद्ध रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोग लगाउँदै मुद्दा दायर गरेपछि जिल्ला अदातलले असार २१ गते वारेन्ट जारी गरेको थियो।

पक्राउ गर्न वा अभियुक्तको ठेगानामा म्याद तामेल गर्न अदालतले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई लेखेको थियो। बमजनको स्थायी ठेगाना बाराजिल्ला निजगढ नगरपालिकाको-१२ मा म्याद तामेल गर्न सर्लाही प्रहरीले बारा प्रहरीलाई लेख्यो। सर्लाही प्रहरीले भने असार २३ गते नै बमजनसहित मुद्दाका अरू प्रतिवादीहरूको मा पनि म्याद तामेल गर्न विभिन्न जिल्लामा पठाएको बतायो। बमजनको स्थायी ठेगाना (बुवाआमाको घर) मा म्याद थमाउन त्यहाँको बारा प्रहरीलाई लेखी पठाइएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी मदन कुँवरले जानकारी दिए। 

बारा जिल्ला प्रहरीले निजगढको इलाका प्रहरी कार्यालयमा पठायो। उक्त इलाका प्रहरी कार्यालयले भने आफूलाई ३५ दिने वारेन्ट आएको र अहिलेसम्म बमजन फेला नपरेकाले अब घरमा लगेर म्याद टाँस गरिदिने बताएको छ। 

‘उनलाई ३५ दिने म्याद दिएर म्याद तामेली गर्ने इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। गंगामायाले गएको असारमा बमजनविरूद्ध बलात्कारको जाहेरी दिएपछि सर्लाही प्रहरीले आवश्यक अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन पेश गरेको थियो। बमजनलाई खोजेर नभेटेपछि प्रहरीले प्रतिवेदनमात्र पेश गरेको थियो। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post