कार्तिक २३,काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार भएको परीक्षणमा उनलाई कोरोना देखिएको हो । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
धमलाले आफु कन्ट्याक ट्रेसिङमा परेको र आज चेक गर्दा कोरोना पोजेटिभ देखिएको बताए ।