कञ्चनपुरमा लखेटिए भारतीय एस एस बि !

 कोरखबर   २३ कार्तिक, २०७७



कातिक २३, महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१०भुडा स्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल (एसएसबी) लाई स्थानीयले लखटेका छन् ।

नेपाली पक्षसंग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणसंगै रहेको नहर नापी रहेको भारतिय एसएसबीलाई बेलौरी नगरपालिका-१० भुडाका स्थानीयले लखटेका हुन् ।

बिबादास्पद रहेको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको भारतीय सुरक्षा बल (एसएसबी) ले हतियारसहित निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसंग समन्वय नै नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको बेलौरी नगरपालिका–१० का वडासदस्य रामनाथ चौधरीले बताए ।

बेलौरी नगरपालिका-१० भुडामा वषौँदेखि सीमा विवाद रहेको छ । उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको छ यो भारतीय पक्षको दादागिरी हो । अन्तर्राष्ट्रिय सिमा विवाद मिलाउन सरकारले टोलि गठन गरेको भएता पनि एकलौटीरुपमा भारतिय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेर नाप्नु गलत रहेको अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले बताए ।

बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोलि, ३४ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको बेला स्थानीयले भारतीय एस एस बि लाई लखेटिएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post