रौतहटमा निषेधाज्ञाा मंसीर १७सम्म लम्बियो !

 कोरखबर   २२ कार्तिक, २०७७



रौतहट, २२ कात्तिक । जिल्ला प्रशासन कार्यालय रौतटहले यसअघि जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिएको छ । सो कार्यालयले एक सुचना जारी गर्दै आजदेखि लागू हुनेगरी यहीँ मंसिर १७ गतेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिएको हो ।

सो कार्यालयले गत असोज १ गते साउन २४ गतेदेखि जारी निषेधाज्ञालाई केही परिमार्जित गर्दै निरन्तरता दिएको थियो । हाल जिल्लाभर लागू भइरहेको सोही निषेधाज्ञालाई थप केही परिमार्जन गरेर मंसिर १७ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँले जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा जिल्लावासी र सरोकारवालाहरुलाई सचेत गराउन निषेधाज्ञालाई निरन्तरता दिएको बताउनुभयो ।

हाल जारी भएको निषेधाज्ञा वाध्यात्मक नभइ सचेतनात्मक भएको प्रष्ट पार्दै उहाँले यसको अक्षरस पालना गरेर कोरोना नियन्त्रण तथा रोकथाममा सघाउन जिल्लावासीलाई आग्रह गर्नुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post