ओलीलाई मनाउन बालुवाटार पुगे नेकपाका ५ भाई !

 कोरखबर   २२ कार्तिक, २०७७



कार्तिक २२, काठमाडौँ — प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठकका लागि मनाउन नेकपाका बहुमत सदस्य बालुवाटार पुगेका छन् ।

शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी अनौपचारिक बैठकपछि उनीहरु बालुवाटार पुगेका हुन् । अर्का अध्यक्ष ओलीलाई बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न पुगेको एक नेताले बताए ।

शुक्रबार पनि पार्टी कार्यालयमा यिनै सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक भएको थियो । त्यहाँ औपचारिक बैठकका लागि अर्का अध्यक्ष ओलीलाई भेटेर सामूहिक आग्रह गर्ने सहमति भएको थियो । त्यसैअनुसार उनी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

शुक्रबार र शनिबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकमा अध्यक्ष ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिएनन् ।

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीले जुनसुकै बेला पनि पार्टी विभाजन हुन सक्ने चेतावनी दिएको बिफ्रिङ गरेका थिए ।

दाहालले आफूसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टी विभाजन भइसकेको र औपचारिकता मात्रै बाँकी रहेको पनि दाबी गरेका थिए । दाहालको यस्तो बिफ्रिङपछि सचिवालयको अनौपचारिक बैठकले एकताका लागि ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको थियो ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post