भारतीय सेनाध्यक्ष नरवणे बालुवाटारमा,प्रधानमन्‍त्री ओलीसंग भेट्ने

 कोरखबर   २१ कार्तिक, २०७७



कार्तिक २१, काठमाडौं । भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेले प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । तीनदिने नेपाल भ्रमणका लागि काठमाडौंमा रहेका नरवणे आज बिहान हिमाल अवलोकनका लागि सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे पुगेका थिए ।

यसअघि हिजो (बिहीबार) नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्‌न लगाएका थिए । नेपाल-भारत दुवै मुलुकका सेना प्रमुखलाई एक-अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मै भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्‍न लगाइसकेका छन् ।

यस्तै हिजो नरवणेले सैनिक मञ्‍च टुँडिखेलस्थित वीर स्मारकमा पुगेर सहिदप्रति श्रद्धाञ्‍जली अर्पण गरेका थिए । उनको नेपाल भ्रमणको आज अन्तिम दिन हो । उनले आज सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीहरुसँग अन्तर्क्रिया गर्नेछन् । केहीबेरमा भारतीय सेनाकै विमानबाट उनी स्वदेश फर्किने कार्यक्रम छ । —तस्बिर :प्रधानमन्‍त्री ओलीको सचिवालय



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post