सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्छु : डा. गोविन्द केसी

 कोरखबर   २० कार्तिक, २०७७



कात्तिक २०,काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभए फेरि आमरण अनशनमा बस्ने चेतावनी दिएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. केसीले चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न इमान्दारिता नदेखाए फेरि अनशन बस्ने चेतावनी दिएका हुन्। 

‘१९ औँ अनशनका क्रममा सरकारले गरेका सहमति तत्काल कार्यान्वयनमा लैजानु पर्छ,’ उनले भने, यदि सरकार सहमतिप्रति इमान्दार भएन भने फेरि सत्याग्रह बस्छु।’

उनले शिक्षा र स्वास्थ्यलाई सरकार तथा राजनीतिक दलले व्यापार गरेको बताए। डा. केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन भएमा मेडिकल शिक्षामा नेपालले फड्को मार्ने बताए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post