आक्रोशित प्रचण्ड : भने– 'अब ओलीलाई भेट्न बालुवाटार जाँदिन !'

 कोरखबर   २० कार्तिक, २०७७



कातिक १९,काठमान्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब वार्ताकै लागि भनेर बालुवाटार नछिर्ने बताएका छन् ।

बिहिबार प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट बाहिरिएपछि निकै आक्रोशित देखिएका प्रचण्डले अब वार्ताकै लागि भनेर बालुवाटार धाउनुको औचित्य सकिएको बताएका हुन् । आजको दुई अध्यक्षको छलफलपछि आफू निकटका नेतासँग प्रचण्डले वार्ताका लागि अब बालुवाटार नजाने बताएको बताईएको छ । 

‘अब वार्ताका लागि बालुवाटार जादिँन भन्नुभयो’ एक नेताले भने, ‘प्रचण्डले बैठक राखौँ र बैठकमै कुरा गरौँ भन्दा प्रधानमन्त्री मान्नु भएनछ, त्यही भएर प्रचण्ड आक्रोशित देखिनु भएको हो ।’ पार्टीभित्रको विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल चलेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post