ठूलो सङ्कट आउन सक्छ, तयार होऔं : प्रधानमन्त्री ओली

 कोरखबर   २० कार्तिक, २०७७



कार्तिक २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उनले अझै ठूलो सङ्कट सम्मुखमा रहेको बताएको एकमन्त्रीले बताए ।

“उहाँले मुलुक र पार्टीमा राजनीतिक संकट देखापरेको र यो बढ्न सक्ने बताउनुभयो,” एकमन्त्रीले भने, “उहाँको आशय सबै प्रकारको संकटको सामना गर्न हामी तत्पर हुनुपर्छ भन्नै थियो ।” उनका अनुसार प्रधानमन्त्री निराश भएर प्रस्तुत भएका थिए ।

“प्रधानमन्त्री चिन्तित देखिनुभएको थियो,” ती मन्त्रीले भने, “उहाँले जटिलताहरू बारे त बताउनु भएन । उहाँको संकेत पार्टीभित्र देखा परेको गत्यावरोध हुनसक्छ ।”

सत्तारूढ नेकपा पछिल्लो समय चरम विवादबाट गुज्रिइरहेको छ । गाँठो फुकाउन अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच भेटवार्ता जारी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post