पहिरोले पुरिएर एकै टोलका ५ जना मजदुरको मृत्यु !

 कोरखबर   २० कार्तिक, २०७७



कात्तिक २०, नवलपुर । बुधवार साँझ पुर्वी नवलपरासी (नवलपुर) मा सुख्खा पहिरोले पुरेर ५ जना मजदुरहरुको ज्यान गएको छ । जिल्लाको बुलिङ्गटार गाउँपालिका-३ स्थित कालिगण्डकी कोरिडोरमा तारजाली भर्ने काम गरिरहेका बेला माथिबाट खसेको सुख्खा पहिरोले पुरेर ५ जना मजदुरको ज्यान गएको हो ।

सोही  गाउँपालिका वडा नम्वर–४  स्थित एउटै टोलका २८ वर्षीय तुलबहादुर सारु मगर, २० बर्षीय गोपाल गर्जा मगर, ४२ वर्षीय सुनबहादुर पुलामी मगर, २० वर्षीय ताराबहादुर लङ्गेली मगर र २० वर्षीय चेतबहादुर अस्लामी मगरको ज्यान गएको पश्चिम नवलपरासीको प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए । मल्लका अनुसार ७ जना पुरिएकोमा दुई जनाको जिवितै उद्धार गरिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post