गेष्ट हाउसमा युवती मृत फेला !

 कोरखबर   २० कार्तिक, २०७७



कात्तिक २०, काठमाडौँ । बुधबार राजधानीको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक युवत्री मृत फेला परेकी छन् । गेष्टहाउसको २०४ नम्बर कोठामा ललितपुर सुनाकोठीकी २५ वर्षीय शुभलक्ष्मी अधिकारी मृत फेला परेकी हुन् ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड हाउसमा अधिकारी मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजन लामाले जानकारी दिए ।

लामाका अनुसार अधिकारी मंगलबार राति सो होटलमा आएर बसेको अनुसन्धानबाट खुलेको छ । ‘बुधबार बिहान अबेरसम्म पनि तल नझरेपछि स्टाफले गएर हेर्दा उनी मृत फेला परेकी हुन्,’ लामाले भने ।

उनको मृत्युको कारण भने पुष्टि भइसकेको छैन । यद्यपी अधिकारीको साथबाट लागुऔषध नाइट्रोभेट पनि भेटाएको लामाले बताए । अधिकारीको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post