नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गर्दै भारतीय सेनाध्यक्ष नरवणे

 कोरखबर   २० कार्तिक, २०७७



कार्तिक २०, काठमाडौं । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेको आज मुख्य औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

नरवणेलाई अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने र दर्ज्यानी चिन्ह ग्रहण गरेपछि राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उनलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने साथै शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ ।

नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । उनी भोलि स्वदेश फर्किने छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post