देशलाई बर्बादीतिर लानु छैन,म अहिले राजीनामा दिन्नँ : प्रधानमन्त्री ओली

 कोरखबर   १९ कार्तिक, २०७७



कात्तिक १९,काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। प्रधानमन्त्रीले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको बताए।

‘सञ्चारमाध्यमहरूमा हल्ला फैलाइन्छ, प्रधानमन्त्री राजीनामा दिन पस्यो,’ बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर तपाईंहरू विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ?’ अहिले आफूले राजीनामा दिन नमिल्ने पनि उनले बताए।

‘मैले अहिले राजीनामा दिन मिल्छ?,’ उनले भने, ‘अहिले राजीनामा दिनु भनेको बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’ जनताको आवश्यकताले आफू प्रधानमन्त्री भएको पनि उनले बताएका छन्।

‘भित्र-बाहिर अनेक कोसिस त भए। जेमा पनि आलोचना गर्ने? देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रवृत्तिबाट प्रभावित नभई काम गर्नुपर्छ।’उनले भने,‘व्यापक जनसमर्थनबाट हो यो ठाउँमा आएको हो। ढुक्क भएर काममा लाग्नुस्, सरकार फेरिन्छ बदलिन्छ कि भन्ने होइन। केही हुनेवाला छैन।'



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post