स्कुलका हेडसरको शव फेला, हत्याको आशंका !

 कोरखबर   १८ कार्तिक, २०७७



कात्तिक १८,बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत अवस्थामा फेला पर्नुभएको छ ।

४५ वर्षीय उहाँको शव दार्चुलाको शैल्यशिखर नगरपालिका–९, शिवपुरी धामनजिक फेला परेको हो । मृतकको शरीरमा नीलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउदले जानकारी दिनुभयो । मृतकको साथमा नगद ८५ हजार रुपैयाँसमेत भेटिएको छ ।

‘प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनी गोकुलेश्वर आएका बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दैछ’–प्रहरी निरीक्षक साउदले भन्नुभयो । घरडीसँगै अरु चारजना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ ।

घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे शव फेलापरेको हो । मृतकको शरीरमा नीलडाम र घाउ रहेकोले हत्या गरेर फालेको हुनसक्ने आफन्तको आशंका छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post