दशैँ मानेर काठमाण्डौ फर्किनेको लर्को, झण्डै १ लाख २५ हजार भित्रिए !

 कोरखबर   १७ कार्तिक, २०७७



कात्तिक १७, काठमाण्डौ । दशैँ मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाण्डौ उपत्यका फर्किएका छन् ।

कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाण्डौ उपत्यका छोडेका छन् । दशैँको फूलपातीको दिनपछि काठमाण्डौ फर्कनेहरुको सङ्ख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाण्डौ  उपत्यका छोड्ने मानिसको सङ्ख्या बढी थियो ।

सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाण्डौ छोडेका थिए । फूलपातीको अघिल्लो दिन कार्तिक ६ गते ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिर गएका पनि उहाँले बताउनुभयो । यो संख्या गएको वर्षको तुलनामा निक्कै कम हो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालि दशैँमा चहलपहल भएन । 

दशैँ मनाउन घर जानेहरुमध्ये कतिपय भने तिहार मानेर मात्रै काठमाण्डौ फर्कने गरेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post