कार्तिक १७, काठमान्डौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ । पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाइएको हो ।
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने बताइएको छ ।
आजको बैठकमा गएको असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ‘पार्टी विधानसम्मत सञ्चालन गरी चौधौँ महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस्’ भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।
पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारी बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।