कातिक १६,काठमान्डौ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ।
आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारको भेलामा उक्त विषयमासमेत चर्चा भएको पार्टी स्रोतले दाबी गरेको छ।
स्रोतले भन्यो, ‘ओली जसरी हुन्छ आफू सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा छन्। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने उनको चाहनाले गर्दा पार्टी संकटमा भासियो। यो बारेपनि बैठकमा समीक्षा भएको छ।’
ओलीले गत वैशाखमा दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीमा विवादले उग्ररुप लिएको थियो।