कार्तिक १६,काठमान्डौ । विप्लव माओवादीले आज देशको विभिन्न भागमा कोणसभा गर्ने भनेको छ तर उक्त घोषणा कार्यान्वयनमा आइसकेको छैन । यसबीच विप्लवका टोलीहरू सहज ढंगले मुलुकका विभिन्न क्षेत्र र जिल्लामा परिचालन भइरहेको समेत दाबी गरिएको छ ।
लामो समयदेखिको बन्दाबन्दी, निषेधाज्ञा, कोरोना महामारीको सतर्कता र चाडबाड बिदाको मौका छोपेर विप्लव माओवादीको गतिविधि बिस्तारै बढिरहेको सुरक्षा निकायले गरेको पछिल्लो विश्लेषणमा उल्लेख छ । -जनअस्थाबाट