साढे दुई अर्ब लगानीमा सोलार प्लान्ट राख्ने तयारी !

 कोरखबर   १४ कार्तिक, २०७७



लुम्बिनी, कार्तिक १४ । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया पुनः अगाडि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणबीच जग्गाको भाडामा कुरा नमिलेपछि विमानस्थलमा राख्ने भनिएको सोलार प्लान्ट रोकिएको थियो ।

२५ मेगावाट बिजुली उत्पादन गरिने प्लान्टका लागि २५ बिघा जग्गा चाहिएको छ । २ अर्ब ५० करोड लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक ९एडिबी०को समेत अनुदान रहनेछ । विमानस्थलको जग्गा भाडामा लिएर स्वतन्त्र ऊर्जा उत्पादकहरूले प्लान्ट राख्ने र त्यहाँबाट उत्पादित बिजुली प्राधिकरणले खरिद गर्ने आयोजनाको मोडालिटीसमेत तय गरिएको छ ।

त्यसरी आएको ऊर्जाबाट विमानस्थल सञ्चालन गर्न सकिने प्राधिकरणको प्रस्ताव छ । विमानस्थल २४सै घन्टा चलाउनुपर्ने भएकाले उत्पादन गरेको विद्युत् प्रसारण लाइनमा जोडेर मात्रै विमानस्थलमा दिन लागिएको आजको नयाँ पत्रिका दैनिकले खवर छापेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post