पूर्व प्रमुखसचिव खनालको निधन !

 कोरखबर   १२ कार्तिक, २०७७



कात्तिक १२, काठमान्डौ । तत्कालीन राजप्रसाद सेवाका प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । 

कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए । खनाल मधुमेह र दमबाट लामो समयदेखि पीडित थिए । 

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानुन’, ‘नेपालको कानुनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानुन प्रणाली’, ‘नेपालको कानुनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् । 

तनहुँमा जन्मिएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । काठमाडौँमा निधन भएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि तनहुँको देवघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जानकारी दिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post