कातिक १०,सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३९ नम्बरको मोटरसाइकले मोरङ जिल्ला उर्लाबारी घर भएका ५५ वर्षीय केदार श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट श्रेष्ठसँगै मोटरसाइकल चालक कन्चनपुर नगरपालिका ४ का २५ बर्षीय मुकेश सिंह पनि घाइते भएका थिए ।
उनीहरु दुबैको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहले बताए । दुर्घटना बिहान साढे ११ बजे भएको थियो ।
त्यसैगरी आइतबार राति दुर्घटनामा परेर घाइते भएकी एक महिलाको पनि सोमबार मृत्यु भएको सिंहले जानकारी दिए । दुर्घटनामा मृत्यु भएका तीनजनाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको डिएसपी सिंहले बताए ।