कात्तिक १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका लगाएका छन्। प्रधानमन्त्री ओली टीका लगाउन सोमबार शीतल निवास पुगेका थिए।
उनलाई राष्ट्रपति भण्डारीले टीका र जमराको माला लगाइदिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट टीका र जमराको माला ग्रहण गरेकी छिन्। ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा भएका कारण ओलीले बालुवाटारमा भने श्रीमती शाक्यलाई मात्रै टीका लगाएका थिए।