राष्ट्रपति दसै‌ंमा शक्तिपीठमा नजाने, टीका पनि नलगाइदिने !

 कोरखबर   ७ कार्तिक, २०७७



कार्तिक ७, काठमाडौं । यस वर्षको दसैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित भएको छ ।  राष्ट्रपति कार्यालयले शुक्रबार सूचना जारी गरी कोरोना महामारीका कारण राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम नहुने जानकारी गराएको छ ।

त्यस्तै यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी शक्तिपीठको दर्शनका लागि नजाने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post