दशैँको मुखमा विदेशिनेको लर्को !

 कोरखबर   ५ कार्तिक, २०७७



काठमाडौं, कात्तिक ५ । स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ ।

लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो ।

यस्तैमध्येका छन पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिए र उडान खुल्यो, बल्ल जान थालेका छन् ।

१६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहेका उनले भने, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र रु भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?”

उनीजस्तै कुवेत जान हिडेका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैँ छोडेर हिँडेको बताउँन्छन् । भिसाको म्याद पनि सकिँदै छ । कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको, निराश हुँदै उनले भने, “हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ ।जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । ”

रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र रु त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैँ छोडेर । गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । गोरखापत्र दैनिकमा समाचार छ । (सांकेतिक तस्विर)



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post