अत्यावश्यक नभई घरबाहिर ननिस्कनु : काठमाडौं प्रशासन

 कोरखबर   ४ कार्तिक, २०७७



कार्तिक ४,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैँमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरसको हटस्पट बनेको काठमाडौंमा दसैँको समयमा हुने धेरै चहलपहलले महामारी झनै प्रसार हुने भन्दै सचेत हुन अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जारी गरेको अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा पर्व मनाउन आग्रह गरिएको छ । प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

चाडपर्वमा कोरोनाको महामारी नफैलियोस् भन्नको लागि काठमाडौं प्रशासनले गत भदौं ३१ गते जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले चाडपर्वमा फैलिन सक्ने कोभिडको महामारी न्यूनीकरणको लागि भन्दै असोज २७ गतेदेखि अत्यावश्यक बाहेकका प्रशासनबाट हुने सबै सेवा स्थगित गरेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post