केएससी अस्पतालको तेस्रो तलाबाट विरामी युवकले किन हाम फाले...

 कोरखबर   ३ कार्तिक, २०७७



कात्तिक ३, काठमाडौं । सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएसमी) अस्पतालबाट एक जनाले हाम फालेर आत्महत्या गरेका छन्।

आज बिहान करिब ८ बजेर ४० मिनेटमा अस्पतालको तेस्रो तलाबाट खसेर २६ वर्षीय युवक रोशन खड्काको मृत्यु भएको हो।

'आज बिहानको घटना हो। अहिले मृत्यु भएको जानकारी आइसकेको छ,' महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र कुमार बस्नेतले भने।

सोलुखुम्बु घर भएका खड्का परिवार काठमाडौंको बानेश्वरमा डेरा गरी बस्दै आएको छ। आइतवार साँझ शरीरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post