कात्तिक २,काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आईसीयूमा राखिएको छ।
अध्यक्ष थापालाई गएराति ओम अस्पतालको आइसियूमा भर्ना गरिएको जनाएको छ। टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको ओम अस्पतालले जनाएको छ।
त्यस्तै, अध्यक्ष थापाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। उनलाई शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।