‘मैले सुनें ,अब तपाईं सुन्नुहोस्’ !

 कोरखबर   २ कार्तिक, २०७७



कार्तिक २,काठमाडौं। करिब समाधान भइसकेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद फेरि बल्झिएको छ । चार महिना लामो आन्तरिक विवाद समाधान गर्न सहमति गर्दै कार्यान्वयनको चरणमै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव ल्याएपछि पुनः विवाद बल्झिएको हो ।

कर्णालीको विवाद समाधान नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरे पनि विवाद झन् बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार पार्टी आपसी समन्वयमा सञ्चालन गर्ने सहमति भए पनि प्रम ओलीको पछिल्लो निर्णयले प्रचण्ड रुष्ट बन्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तारपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच संवादसमेत हुन छोडेको छ । स्थायी कमिटी र सचिवालयको निर्णय कार्यान्वयन गर्न दुई साता निरन्तर छलफल गरे पनि प्रचण्डलाई थाहै नदिई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

कर्णाली प्रदेशको विवादले पार्टीभित्र आन्तरिक उत्कर्षमा पुगेपछि समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । बिहीबार र शुक्रबार दुई दिन कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका नेताहरुले शनिबार बिहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन् ।

कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई शनिबार बालुवाटार बोलाए पनि प्रचण्डले भने संयुक्तरुपमा भेट्न अस्वीकार गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post