विद्युत प्राधिकरण अनिश्चितकालका लागी बन्द !

 कोरखबर   ३० असोज, २०७७



असोज ३०,विराटनगर ।  विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि अनिश्चित कालका लागि बन्द भएको छ। सार्वजनिक सूचना नै जारी गरेर कार्यालयबाट प्रवाह हुँदै आएको सेवासहित प्राधिकरण बन्द गरिएको हो।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्नु परेको केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए। उनका अनुसार बुधबार र बिहीबार ३० कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ। 

सिंहले वितरण केन्द्रको महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरण बन्द गरिएको जानकारी दिए। बिहीबारसम्म प्राधिकरणमा महसुल तिर्न जाने र नयाँ मिटर जडान गर्न जाने सेवाग्राहीको भीड लाग्ने गरेको थियो। 

उनका अनुसार प्रशासन र प्राविधिक दुवै तर्फका कर्मचारीमा संक्रमण देखिएको छ। प्राधिकरणको विराटनगर वितरण केन्द्रमा स्थायी र करार गरेर एक सय ८० कर्मचारी छन्। एक सय कर्मचारीको परीक्षण गर्न बाँकी रहेको प्रमुख सिंहले बताए। 

संक्रमित कर्मचारी कोरोना मुक्त भएर अवस्था सहज बनेपछि मात्रै कार्यालय सञ्चालन गर्न सकिने उनले बताए। तर विद्युत आपूर्तिमा भने कुनै पनि समस्या आउन नदिइने उनको भनाइ छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post