डेढ वर्षको छोरो चेपेर आमा नदीमा हाम फालिन् !

 कोरखबर   ३० असोज, २०७७



असोज ३०, काठमाडौं । चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।

इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।

हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।  —प्रतिकात्मक तस्विर



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post