असोज २९, काठमाडौं । काठमाडौ महानगरपालिका नयाँबाजरमा रहेको नीलकुमारी क्षेत्रीको घरमा खाना पकाउने ग्यास बिष्फोट हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ ।
महानगरीय प्रहरी परिसरका एसपी एवं प्रवक्ता सुमेन्द्र सिंह राठौरले विष्फोटपछि घरको झ्यालको शिसा फुट्नुको साथै गाहो समेत चर्किएको जानकारी दिए । विष्फोट भएको घरको भर्याङ खसेको छ भने रेलिङ भाँच्चिएको छ ।
वरपरका घरहरुमा बीस भन्दा बढी घरको झ्यालको शिसा फुटेको स्थानियले जानकारी दिए । घाइतेहरुलाई अहिले मनमोहन अस्पतालमा उपचार गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीको उद्दार टोली पुगेको छ ।