असोज २८,काठमान्डौ । यो पाली गतवर्षका दशैहरु झै कुनै रौनक छैन । सरकारले कोरोना भाइरसको माहामारीका कारण उपत्यका आउँजाउ नगर्न आग्रह गरिहेको छ ।
अर्को तर्फ सर्वसाधारणहरु पनि यसपटक जोखिम हुने खतराकै कारण पनि जहाँ हो त्यहि दशैं मनाउने तयारीमा देखिन्छन् । त्यसैले विगतका दशैं झै यस पटकको दशैं मुखैमा आउँदै गर्दा पनि कुनै रौनक देखिँदैन् ।त्यसैको परिणाम स्वरुप यसपटकको दशैंमा बस व्यवसायीहरुले दशैंको लागि अग्रिम टिकट ब्ुकिङ खुल्ला नगर्ने भएका छन् ।
सरकार व्यवसायीबीच भएको छलफलमा व्यवसायीहरुले यसपटक अग्रिम टिकट बुकिङ खुल्ला गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । सरकारले व्यवसायीहरुलाई २० असोजदेखि नै अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको थियो ।
व्यवसायीले यात्रुहरुको अवस्थाको समीक्षा गर्दै टिकट अग्रिम टिकट बुकिङ खोल्न पर्ने आवश्यकता नदेखिएपछि व्यवसायी र सरकार बीच भएको छलफलमा व्यवसायीहरुले अग्रिम बुकिङ खोल्न आवश्यक नरहेको प्रष्ट पारेको नेपाल यातयात व्यवसायि राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले जानकारी दिए ।
यसपटक २५ प्रतिशत मात्र यात्रु भएकाले भएकै बस प्रर्याप्त हुने र यसपटक नयाँ बस थप्नुपर्ने आवश्यकता नरहेको कर्माचार्यले बताए । सरकारले पनि यसपटको दशैंमा आवतजावत नगर्न पटकपटक अनुरोध गर्दै आइरहेको छ ।
त्यसका कारण पनि यसपटक सीमित मानिसहरु मात्र उपत्यका बाहिर जाने भएकाले यात्रुको चाप धान्न सक्ने अवस्था रहेकाले अग्रिम टिकटको आवश्यकता नरहेको कर्मचार्यको दाबी छ ।
‘हामीले यस टिकट खोल्ने कि नखोल्ने भन्ने विषयमा अध्ययन पनि गरेका थियौंँ, सरकारलाई पनि हामी एक हप्ताको समय हेरौं भनेका र्छौं । यात्रुको चाप बढि हालेमा पनि बस टन्न भएकाले कुनै समस्या हुदैन,’ कर्मचार्यले भने ।
गतवर्षको दशैंको समयमा २० लाख यात्रु बाहिरिएको व्यवसायीको दाबी छ । यसपटक ५ लाख यात्रु जाने अपेक्षा गरे पनि अहिलेको परिस्थितिमा त्यो पनि नरहने कर्मचार्यको भनाई छ ।
दशैं नजिकिदै गएपछि एकैपटक चाप बढ्न सक्ने सरकारको दाबी छ । अर्कोतर्फ सरकार आफैले आधा सिटबाट अब पूर्ण सिटभरी यात्रु राख्नुपर्ने बाटो खुल्ला गरिदिएपछि दशैंको समयमा यात्रुको चाप नपत्याउने तवरले बढ्न सक्छ ।
आफूहरुले अध्ययन गरिरहेको र यात्रुको चाप बढेमा उपयुक्त कदम चाल्ने यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुषालले बताए । उनले मापदण्डमा कडाई गर्ने कार्यलाई कडाई गरिने पनि बताए । फाईल फोटो