नेपाल पुन: संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा निर्वाचित !

 कोरखबर   २८ असोज, २०७७



असोज २८,काठमाण्डौ । नेपाल, संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित भएको छ ।

राष्ट्र संघको मुख्यालयमा राति भएको चुनावमा नेपाल, परिषद् सदस्यमा तीन वर्षको लागि पुनः निर्वाचित भएको हो । संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले विज्ञप्ति निकालेर नेपाल परिषद् सदस्यमा पुनः निर्वाचित भएको जानकारी दिएको छ ।

गोप्य मतदानबाट नेपालसहित एसिया पेसिफिक क्षेत्रबाट चीन, पाकिस्तान र उज्वेकिस्तान परिषद् सदस्यमा निर्वाचित भएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post